शनिवार, २ साउन २०८३
हमासले विपिन जोशीको मृत्यु भएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको बताएको छ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकको शव फिर्ता गर्ने बताएको छ ।
इजरायली सुरक्षा अधिकारीहरूले रेडक्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको बताएका छन् भने फिर्ता गरिने शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् । हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।