शुक्रबार, ४ बैशाख २०८३
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्य शुक्र र मंगलको नवम भावमा गोचरले आर्थिक क्षेत्रमा स्थिरता ल्याउन सकिनेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। उच्च शिक्षा र सञ्चारको माध्यमबाट राम्रो अवसर फेला पार्न सकिनेछ। कार्यक्षेत्रमा अलि संघर्ष गर्नुपर्ला सफलता अवश्य मिल्नेछ। पारिवारिक र वैवाहिक जीवनमा यो महिना श्रेष्ठ रहनेछ। घर परिवारसँग संवादमा सुधार आउनेछ साथै हजुरको कुराको मान राखिनेछ। बुधको अष्टम् भावमा गोचरले व्यापार व्यवसायमा वा आर्थिक कारोबारमा निर्णय लिनुभन्दा अघि धैर्य वा संयमताको साथ निर्णय लिनुहोला। १५ गतेपछि नवम स्थानमा बुधको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। अनुसन्धान वा जटिल प्रश्नहरूको समाधान मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको साथ पाइनेछ। व्यापार व्यवसायको लागि समय उत्तम रहेको छ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ साथै मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर समयलाई झन् उत्तम बनाउनुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : वृष राशि हुनेहरुको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल र शुक्रको अष्टम भावमा गोचरले आर्थिक पक्षमा सतर्कता अपनाउनुहोस्। आकस्मिक खर्च बढ्ने वा गोप्य कुराहरू बाहिरिन वा लगानीहरूमा जोखिम बढ्नेछ। विलासिताको वस्तुहरूमा फजुल खर्ची बढ्नेछ। बुधको सप्तम स्थानमा गोचरले गर्दा साझेदारी वा दाम्पत्य जीवनमा केही सकारात्मक संकेत देखिनेछ। साझेदारी व्यापारमा नयाँ सम्झौताहरू गर्नुपर्ला। मंगलको अष्टम भावमा गोचरले सरकारी कामकाज र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। पारिवारिक र वैवाहिक सम्बन्ध यो महिना मिश्रित रहनेछ। वैवाहिक सम्बन्धमा सौहार्दको कमी आउनेछ। साथीसँग तनावको स्थिति उत्पन्न हुन सक्छ। १५ गतेपछि बुधको नवम स्थानमा गोचरले उद्योग व्यापारमा नयाँ अनुबन्ध र सम्झौता गर्ने अवसर मिल्नेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना नकारात्मक रहन सक्छ। विद्यार्थीहरूको नयाँ विषयवस्तुमा मन नलाग्ला। प्रेममा उत्साह वा आपसी समझदारीमा कमी आउन सक्छ। नोकरी वा पेशामा झुटो आरोप लाग्ला सावधान भएर कार्य गर्नुहोस्। सदैव गायत्री मन्त्रको जप गर्नुहोस् सकारात्मक ऊर्जाको प्रभाव बढ्नेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : मिथुन राशि हुनेहरुको लागि यो महिना राम्रो रहनेछ। सूर्य, मंगल र शुक्रको सप्तम भावमा गोचरले साझेदारी व्यापारमा लाभ रहनेछ। आकस्मिक व्यापार बढाउन संचित रकम खर्च गर्नुपर्ला तर सफलता मिल्नेछ। बुधको षष्ठ स्थानमा गोचरले विदेशतिरबाट प्राप्त हुने रकम उठ्नेछ। ऋण वा जोखिम बढ्नेछ। १५ गतेदेखि बुधको सप्तम स्थानमा गोचरले गर्दा वैवाहिक सम्बन्धमा मधुरता स्थापित गर्न सकिनेछ। मंगल र सूर्यको योगले गर्दा परिवारमा स्वास्थ्य र सम्बन्धलाई लिएर चिन्ता रहनेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। घरपरिवारमा मांगलिक र शुभकार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको गमन वा सञ्चार सम्बन्धी कार्यमा सफलता प्राप्त गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ तर मानसिक तनाव वा खानपानमा सतर्कता आवश्यक रहेको छ। प्रत्येक मंगलवार भगवान गणेशलाई दुवो अर्पण गर्नुहोस्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : कर्कट राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। सूर्य, मंगल र शुक्रको षष्ठ भावमा गोचरले रोग, रिपु र ऋणमा वृद्धि हुनेछ। प्रयोगात्मक विषयवस्तुमा सफलता मिल्नेछ। व्यवहारिक र वैवाहिक दृष्टिकोणले यो महिना सामान्य रहनेछ। प्रेम रोमान्स वा सामाजिक सञ्जालतर्फ आकर्षण बढाउनेछ। जीवनसाथीसंग वैचारिक मतभेदको जोखिम दर्शाउँछ। शिक्षाको दृष्टिकोणले समय राम्रो देखिएको छ। प्रतिस्पर्धात्मक र रचनात्मक विषयहरूमा मन जानेछ। बोलिमा संयमता वा स्थिरता कायम रहनेछ। व्यापार व्यवसायको दृष्टिले यो महिना उत्तम रहेको छ। करियरमा नयाँ अवसर वा नयाँ नोकरीको प्रस्ताव मिल्नेछ। सहकर्मीहरूसँग वादविवादबाट जोगिनुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। धारिलो हात हतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोस् नत्र चोटहरूको आशंका देखिएको छ। कार्यक्षेत्रमा सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : सिंह राशिहरूको लागि यो महिना उत्तम रहनेछ। शुक्र, मंगल र सूर्यको पञ्चम भावमा गोचरले आर्थिक स्थिति सबल रहनेछ। रचनात्मक कार्यमा वृद्धि हुनेछ। मित्रवर्गहरुबाट राम्रो साथ र सहयोग पाइनेछ। बुधको चतुर्थ स्थानमा गोचरले सम्पत्ति वा कार्यक्षेत्रमा लाभका योग छन्। पारिवारिक र वैवाहिक सम्बन्धको दृष्टिकोणले समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा सुमधुरता स्थापित गर्न सकिनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा राख्ने अवसर जुट्नेछ। घरेलु सुख सुविधामा वृद्धि हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको कलात्मक वा बौद्धिक स्तरमा विकास हुनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको तारिफ हुनेछ। प्रतिस्पर्धात्मक वा उच्च शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो देखिएको छ। निन्द्रा वा श्वास प्रश्वासको समस्याले सताउला सावधान रहनुहोला। नियमित व्यायाम र खानपिनमा ध्यान दिनुहोस् समय उत्तम रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : कन्या राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ भावमा सूर्य मंगल र शुक्रको गोचरले पारिवारिक आपसी सद्भावमा कमी आउनेछ। आर्थिक स्थिति मध्यम रहनेछ साथै आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने जोखिम नलिनुहोला। पारिवारिक सम्बन्धको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। मनमा अज्ञात भय र मानसिक चिन्ताले सताउनेछ। सन्तानसँगको सम्बन्धलाई लिएर चिन्ता सताउनेछ। शुक्रको चतुर्थ भावमा गोचरले प्रेम सम्बन्धमा मधुरता आउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन प्राप्त हुनेछ। बिद्यार्थीहरूलाई अध्ययनमा गुरुजनहरूबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रबाट विशेष लाभ मिल्नेछ। व्यापार व्यवसायबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। करियर वा व्यापार व्यवसायमा प्रगति हुनेछ। विद्यार्थीहरूलाई एक स्थानमा एकाग्र हुन अलि गाह्रो होला। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : तुला राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य, मंगल र शुक्रको तृतीय स्थानमा गोचरले उच्च शिक्षाबाट लाभ आर्जन गर्न सकिनेछ। शत्रुहरू पराजित हुनेछन्। धैर्य र पराक्रमले आफ्नो अधिकार प्राप्त गर्न सक्नुहुनेछ। द्वितीय स्थानमा बुधको गोचरले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। भाषण वा अभिव्यक्तिको कलामा निखार आउनेछ। पारिवारिक सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। आफन्तहरूसँग मधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। आफूभन्दा साना भाइबहिनीहरूसँग सौहार्द बढाउन सकिनेछ। पढाई वा प्रेम सम्बन्धको दृष्टिले यो महिना सकारात्मक रहेको छ। सरकारी नोकरीमा सफलता मिल्नेछ। व्यवसायीहरूलाई यो महिना उत्तम रहेको छ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। पहिला गरिएको मेहनत र परिश्रमको उचित फल मिल्नेछ। स्वास्थ्यको दृष्टिले यो महिना सबल रहेको छ तर चिसोबाट जोग्गिने प्रयास गर्नुहोला र खानपानमा सतर्कता आवश्यक छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : वृश्चिक राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। शुक्र, सूर्य र मंगलको द्वितीय स्थानमा गोचरले गोपनीय कार्यहरूमा सफलता मिल्नेछ। संगीत र कलाको क्षेत्रमा विशेष सफलताका योग छन्। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आकस्मिक खर्चमा वृद्धि वा ऋण लिएर नयाँ लगानी लगाउनु पर्ला। आर्थिक निर्णयहरूमा विवेकको प्रयोग गर्नुहोस्। वैवाहिक सम्बन्धलाई लिएर समय राम्रो रहेको छ। १५ गतेबाट बुधको द्वितीय स्थानमा गोचरले आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। कँरियर वा व्यापार व्यवसायमा नयाँ अवसरहरू फेलापर्नेछन्। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। पाचन वा गुप्त रोग सम्बन्धी समस्या देखापर्ला। आँखा सम्बन्धी विषयलाई लिएर सचेत रहनुहोला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : धनु राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। लग्नमा सूर्य शुक्र र मंगलको गोचरले समाजमा मानसम्मान बढ्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। द्वादश भावमा बुधको गोचरले गर्दा आर्थिक पक्षलाई लिएर योजना बनाउँदा सावधानीपूर्वक बनाउनुहोला। दिखावा गर्न र धन खर्च गर्नबाट जोगिनुहोस्। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय चुनौतीपूर्ण रहनेछ। सूर्य र मंगलको सप्तम भावमा दृष्टिले गर्दा वैवाहिक सम्बन्धमा मानसिक तनाव र असमझदारी बढ्न सक्छ। १५ गतेबाट बुधको लगनस्थानमा प्रथम भावमा गोचरले वैवाहिक वा पारिवारिक सम्बन्धलाई मधुर बनाउनेछ। पढाइ वा प्रेम सम्बन्धलाई लिएर पनि महिना उत्तम देखिएको छ। विद्यार्थीहरूको बौद्धिक स्तरमा प्रगति हुनेछ भने बुध र शुक्रको योगले प्रेममा रोमान्स र आकर्षण बढ्नेछ। लामो समयदेखि चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सक्नुहुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो रहेको छ। कार्यक्षेत्रमा कामको तनावले शारीरिक थकान महसुस हुनेछ। घरमा मांगलिक कार्यको चर्चा हुनेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। द्वादश भावमा सूर्य, मंगल र शुक्रको गोचरले आर्थिक निर्णयहरूमा सतर्कता अपनाउनुहोस्। स्वास्थ्य र महत्कांक्षी योजनाहरूलाई लिएर खर्चमा वृद्धि हुनेछ। सामाजिक वा रचनात्मक कार्यहरूबाट आयमा वृद्धि हुनेछ। विलासिताको सामानमा धन खर्च हुनेछ। आर्थिक पक्ष अलि कमजोर रहन सक्छ खर्चमा नियन्त्रण गरौं। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना चुनौतीपूर्ण रहनेछ साथै वैवाहिक सम्बन्धमा तनाव र मतभेद बढ्न सक्छ। आर्थिक क्षेत्रमा स्थिरता र व्यापार व्यवसायमा लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। योजना विपरीत कार्य गर्दा हानि हुनेछ। पढाई र प्रेम सम्बन्धलाई लिएर यो महिना मध्यम रहनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। सहकर्मीहरूसँग वादविवादबाट जोगिनुहोस्। व्यवसायको दृष्टिले प्रतिस्पर्धात्मक कार्यमा सफलता ल्याउन सक्छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक तनाव शरीरमा कमजोरीको अनुभूति हुनेछ। आँखा दुख्ने समस्याले पनि सताउन सक्छ। आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : कुम्भ राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। एकादश भावमा सूर्य, मंगल र शुक्रको गोचरले आर्थिक पक्ष बलियो बन्नेछ। सामाजिक सञ्जाल र चिकित्साको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला। बुधको दशम भावमा गोचरले गर्दा नोकरी वा पेशामा विशेष सफलता हात लाग्नेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आर्थिक पक्षमा सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। टाढिएका आफन्तहरू सँग पुनः मिलन हुनेछ। पारिवारिक सम्बन्धलाई लिएर समझदारीमा वृद्धि हुनेछ। एक अर्का प्रति विश्वास बढ्नेछ। प्रेम सम्बन्धको दृष्टिकोणले समय सकारात्मक रहनेछ। विद्यार्थीहरूको रचनात्मक वा बौद्धिक क्षेत्रमा विकास हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिएला। करियर वा व्यापारलाई लिएर समय प्रकृतिशील रहेको छ। निर्णय लिने क्षमतामा परिपक्वता बढ्नेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। पेट वा पाचन सम्बन्धी समस्याले सताउनेछ। चिसोबाट जोगिनुहोला। सन्तानलाई लिएर मानसिक चिन्ता रहनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। दशम स्थानमा सूर्य, मंगल र शुक्रको गोचरले पारिवारिक सुखमा वृद्धि हुनेछ। नोकरी वा पेशामा पद्धोन्नतिका योग छन्। व्यापार व्यवसायमा विशेष लाभ प्राप्त होला। बुधको नवम स्थानमा गोचरले गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ साथै तर्क शक्तिमा वृद्धि हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। १५ गतेबाट बुधको दशम स्थानमा गोचरले गर्दा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने समय रहेको छ। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय उत्तम रहेको छ। घरपरिवारमा शुभ मांगलिक कार्यको चर्चा हुनेछ। व्यापार व्यवसाय वा कार्यालाई लिएर आफन्तहरूबाट टाढा जानुपर्ला। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। दशम स्थानमा शुक्र र बुधको गोचरले गर्दा चलचित्र वा अभिनय कलामा विशेष सफलता आर्जन गर्न सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले समय उत्तम रहेको छ। श्वासप्रश्वास सम्बन्धी समस्याले सताउन सक्छ साथै खानपानमा सतर्कता अपनाउनुहोला। पिताको स्वास्थ्यलाई लिएर पनि चिन्ता रहनेछ।