शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् । उनी थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा लाग्ने शेखर पक्षधर नेता दिनेश कोइरालाले बताए । ‘अब शेखर दाइ अन्य समूहको बैठकमा जानुहुन्न । निर्वाचन आयोगले दिएको म्यान्डेटका आधारमा गगन थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा उहाँ लाग्नुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा स्वयं चुनाव लड्नुहुन्न,’ दिनेशले भने ।

डा. शेखरले निर्वाचन आयोगको निर्णयसँगै देउवा समूहको बैठकमा नजाने बताएका हुन् । बुधबारको सानेपा बैठकमा शेखर समूहका जीवन परियार र दिनेश कोइराला उपस्थित थिएनन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ । यसैबिच डा.शेखरले सडक आन्दोलनको निर्णय रोकेका छन् । सानेपामा औपचारिक बैठक बस्नुअघि उनले आफ्नो समूहका नेताहरूको बैठक राखेर विशेष महाधिवेशनको आधिकारिकतालाई कानुनी प्रक्रियाबाट हेर्ने बाटो खुला रहेको र हाल सडक आन्दोलन आत्मघाती हुने बताएका थिए । 

‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थालाई स्वीकार गरेर हामी चुनावमा जानुपर्छ । इच्छुक साथीहरूले पार्टीकै उम्मेदवारका रूपमा रुख चिह्न र चारतारे झन्डासहित निर्वाचनमा भाग लिनुपर्छ । विशेष महाधिवेशनको प्रक्रियामा न्यायिक व्याख्याका लागि अदालत जान सकिन्छ, तर वर्तमान परिस्थितिमा पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ पूर्व केन्द्रीय सदस्य दिनेशले नयाँ पत्रिकासँग भने । शेखरले बैठकमा विशेष महाधिवेशनमा सहभागी ५४ प्रतिशतको आधिकारिकता भेरिफाई गर्नुपर्नेमा जोड दिँदै भनेका थिए, ‘५४ प्रतिशत कसले भेरिफाई गर्‍यो ? त्यसकारण न्यायिक उपचार उचित हुन्छ । तर, सडक संघर्षमा जाने वा नयाँ पार्टी खोल्ने गल्ती गर्नुहुँदैन ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।