शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

घाइतेले भने-हाम्रो योगदान खेर नजाओस्, प्रधानमन्त्रीको वचन– तपाईंहरूको एजेन्डा सार्थक बनाउँछु

जेनजी आन्दोलनका घाइतेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई मृतकको बलिदानीको कदर गर्न सचेत गराएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले हिजो अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
 
 “प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भन्नुभयो । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
 
कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् ।  अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।

जेन–जी समूहले राखेका माग जायज भएको र गोली चलाउनु गलत भएको दोहोर्‍याउँदै उनले घाइतेलाई भनिन्, ‘यसमा छानबिन गहन रूपमा हुन्छ, तपाईंहरूलाई निराश पार्ने गरी मैले काम गर्नेछैन । तपाईंहरूको घाउमा मलम लगाउने र यो घटनाको दोषीलाई कारबाही गर्न सरकार केन्द्रित हुनेछ ।’ प्रधानमन्त्री कार्कीले हरेक बिरामीको नाम, ठेगाना, गोली लाग्दाको अवस्था र हालको अवस्था सोधेकी थिइन् । घाइतेको उपचारमा कमी हुन नदिन पनि अस्पताल नेतृत्वलाई निर्देशन दिइन् ।

जेन–जी आन्दोलनका घाइतेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई मृतकको बलिदानीको कदर गर्न सचेत गराएका छन् । शनिबार घाइते भेट्न अस्पताल पुगेकी कार्कीलाई उनीहरूले अबको पुस्ताले फेरि यस्तो आन्दोलन गर्न नपर्ने गरी कदम चाल्नसमेत सचेत गराए । जवाफमा कार्कीले जेन–जीको एजेन्डालाई सार्थकता दिने गरी काम गर्ने वचन दिएकी छिन् । उनी धेरै घाइते रहेका ट्रमा सेन्टर र सिभिल अस्पताल गएकी थिइन् ।