शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ३४ पुग्यो

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारबिरुद्द  जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने  १ हजार ३ सय ६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३ सय २१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९ सय ४९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ  । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारबिरुद्द  जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।