शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

खानी विभागकी असक्षम ठहरिएकी झाको व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई कठिनाइ

काठमाडौं । महिलालाई पहिलो प्राथमिकता दिने मन्त्रालयको योजना अनुरूम उद्योग मन्त्रालयलको २०८२ बैशाख २ गते खानी विभागको महानिर्देशक बनाइएकी मोनिका झा कार्यक्षमता कमजोर भएको कारणले नेपाल सरकारलको मिति २०८२ श्रावण २६ गतेको निर्णयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएपछि झा सो मन्त्रालयको टाउको दुखाइ बनेकी छन् ।   

विभागीय मन्त्री, सचिव एवं अन्य उच्च पदाधिकारीहरूको कुनै पनि निर्देशन पालना नगर्ने, लगानीकर्ता तथा व्यबसायीहरूलाई दुःख हैरानी दिने, व्यक्तिगत स्वार्थको मात्र कुरा गर्ने, व्यक्तिगत स्वार्थ विनाको कुनै पनि काम नगर्ने, विभागको नियमित कार्य सम्पादनमा ध्यान नदिने जस्ता कारणले गर्दा हैरान भएका उद्योगी व्यबसायी तथा कर्मचारीहरूले समेत मन्त्रालयका सम्बन्धित पदाधिकारी समक्ष गुनासो गरिरहेकोले झा उद्योग मन्त्रालयको टाउको दुखाइ बनेकी थिइन् । 

प्रधानमन्त्री, मन्त्री, सचिवहरू सहितको बैठकमा समेत उनी अस्वभाविक तवरले प्रस्तुत हुन्थिन् । कार्य सम्पादनमा कुनै पनि परिपक्कता थिएन । उनको तत्काल व्यबस्थान गर्न माथिल्लो निकाएबाट निर्देशन दिए पनि उनलाई एक महिना भित्र चित्त बुझ्दो तवरले कार्यसम्पादन नभएमा अन्त सरुवा गरिदिने भनी सुधारिन मैका समेत मन्त्रलयले दिएको बुझिएको छ । यति हुँदा हुँदै पनि उनको कार्यसम्पादन र हर्कतमा कुनै पनि परिवर्तन नदेखिएको, ''मलाई कसले काहाँ सरुवा गर्न सक्छ, म पनि हेरौंला'' भनी उल्टै धम्क्याएर बसेको, अहिले सरूवा गरे विभिन्न स्क्यान्डल गरेर मन्त्री समेत हटाउने र तिन महिना पछि पुनः यसै विभागमा फर्कने भनी अहमता देखाएको हुँदा नियुक्ति भएको चार महिनामै उनलाई मन्त्रीपरिषदले सरुवा गरेको हो । 

कार्मचारीको सरुवा नियमित प्रकृया हो । कार्य सम्पादन राम्रो हुने व्यक्तिलाई जहाँ पनि काम गर्ने कुनै समस्या हुँदैन । तर, मौका दिंदा दिदै पनि राम्रो कार्य सम्पादन गर्ने नसकेकी मोनिका झाले यो सरूवालाई स्वभाविक मानिनन् । सामान्यतयाः उच्च ओहोदाका कर्मचारीहरू सरूवा भएको थाहा पाएपछि सो कार्यालयको नियमित रुपको काम गर्दैनन् र भोलि पल्टै रमाना लिएर सरुवा भएको कार्यालयमा हाजिर हुन जान्छन् । तर, झा सरुवा भए पछि पनि नियमित रूपमा बिभागमा गई स्वार्थ लुकेका फायलहरू निर्णय गर्न ल्याउन मातहत कर्मचारीहरूलाई बारबार ताकेता गरिरहेकी थिइन । यसमा उनको व्यक्तिगत स्वार्थका काम सकेरै जान कम्मर कसेर लागेकी देखिन्छ । तर, मातहत कर्मचारीले सरुवा भइ सकेको व्यक्तिबाट कुनै पनि फायलको निर्णय गराउन मानेनन् । 

२०८२ श्रावण २६ गतेको निर्णयले सरूवा भएकी उनी खानी विभाग मै नियमित रुपमा हाजिर भइ रहेकी र मन्त्रालयले सरुवा भएको कार्मचारीलाई हाजिर गराएर नराख्न विभागलाई निर्देशन दिए पछि मात्र भाद्र ३ गते रमाना बुझेकी थिइन् । यसले पनि त्याहाँ उनको व्यक्तिगत स्वार्थ कति थियो भन्ने कुरा प्रष्ट झल्किन्छ । कार्य सम्पादनमा अत्यन्तै कमजोर, अपरिपक्क, निर्णय गर्ने क्षमता नभएको, व्यक्तिगत स्वार्थमा मात्र लालायीत हुने जस्ता आरोप लाग्दै आएकी उनको कार्य शैलीका कारण अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत टाउको दुखाइको विषय बन्ने देखिन्छ।