शनिवार, २ साउन २०८३
१ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतले धितोपत्र सम्बन्धी मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन् ।