शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जलविद्युत् आयाेजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने : सांसद माझी

लमजुङ जिल्ला अहिले ३०० मेगावाट भन्दा बढि विजुली उत्पान गरेर जलविद्युतको हव बन्दैगर्दा त्यहाँका युवाहरु भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था छ ।

काठमाडौं, २७ साउन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियाेजना सञ्चालन भएका जिल्लामा जनता गरिब भइरहने अवस्था अन्तय हुनुपर्ने बताएकी छिन् । संसदमा मंगलबार आकस्मिक समय लिएर बाेल्दै माओवादी केन्द्रकी सांसद माझीले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिराेमा परी १ जनाकाे मृत्यु तथा ३ जना घाइते भएकोमा दुख व्यक्त गरी घाइतेको उपचार र क्षतिपूर्ति  दिनकाे लागि ध्यानाकर्षण गराएकी छिन् । 

उनलेे लमजुङ जिल्लामा अहिले ३०० मेगावाट भन्दा बढि विजुली उत्पादन गरेर जलविद्युतको हव बन्दैगर्दा त्यहाँका युवाहरु भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको भन्दै युवाहरूलाई राेजगारीकाे लागि सरकारले र सराेकारवालाले पहल गर्नुपर्ने बताइन् । उनलेे भनिन्- जलविद्युत परियोजना सञ्चालहरु मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो ।

उनकाे सम्वाेधनकाे पुरा पाठ 

सम्माननिय सभामुख ज्यू । 
यहि साउन २४ गते शनिवार लमजुङ जिल्लाको मस्र्यांग्दी गाउँपालिका वडा नं ६ मा रहेको सुपर न्यादी जलविद्युत परियोजना क्षेत्रमा गएको पहिरोमा परी त्यही आयोजनामा काम गर्ने १ जना मजदुर बेसिसहर नपा वडा नं १० रातामाटाका ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको तथा मध्येनेपाल नपा वडा नं ७ का ३२ वर्षीय भिम बहादुर तामाङ, दोर्दी गापा वडा नं ५ का २२ वर्षीय विराज गुरुङ र प्युठान जिल्ला भिम्रुक गापा वडा नं ६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइतेहरुको लमजुङ अस्पताल र गण्डकी अस्पतालमा उपचार गरिएको खबर छ । म घटनामा ज्यान गुमाउने लगनध्वज गुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र घाइतेहरुको सिघ्र स्वास्थ्य  लाभको कामना गर्दछु ।

लमजुङ जिल्ला अहिले ३०० मेगावाट भन्दा बढि विजुली उत्पान गरेर जलविद्युतको हव बन्दैगर्दा त्यहाँका युवाहरु भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था छ । जलविद्युत परियोजना सञ्चालहरु मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो । जलविद्युत आयोजना निर्माण गर्दा बाढी पहिरोको जोखीम, प्राकृतिक  र वातावरणीय प्रदुषण असन्तुलन तथा जलवायु परिवर्तनको नकारात्मक असर लमजुङले भोग्नुपरिरहेको छ यस तर्फ सरकार र सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । लमजुङमा भएका आयोजनाहरुको निश्चित प्रतिशत शेयर स्थानिय लमजुङवासीले निशुल्क पाउने व्यवस्था गर्न म माग गर्न चाहन्छु, त्यसैगरी त्यस क्षेत्रमा उत्पादित विजुलीको रोयल्टी र प्रसारण लाईनमुनि परेका जग्गाधनीहरुलाई उचित मुआव्जा दिने व्यवस्था गर्न तथा लाईनमुनी परेका जग्गाहरु बैंकीङ प्रयोजनको लागि उपयोग हुने व्यवसथा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।