शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देश विस्फोटतिर धकेलिन्छ : डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा समाजवादी नेतृत्वकर्ता डा. बाबुराम भट्टराईले हालका राजनीतिक घटनाक्रम र युवापुस्ताको उभारलाई गलत दिशामा मोड्ने दुष्प्रयास देशकै भविष्यका लागि गम्भीर खतरा बन्न सक्ने चेतावनी दिएका छन् । जेनजी आन्दोलनलाई देशभर उभिएको परिवर्तनको मागको रूपमा व्याख्या गर्दै उनले भने, “पछिल्लो जेनजी विद्रोहले नेपाली अर्थ–राजनीतिहरूको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील नागरिकको अगाडि घामझैँ छर्लङ्ग छ।” 

उनका अनुसार अब पुराना दल, नेतृत्व, शैलीलाई हल्का “डेन्टिङ–पेन्टिङ” गरेर पुनः स्थापित गर्ने, वा नयाँको नाममा खोक्रा पपुलिस्ट एजेन्डा अघि सारेर युवाहरूको आक्रोशलाई भडकाउने प्रपञ्चले नै देशलाई ठूलो विस्फोटतर्फ धकेल्न सक्छ । भट्टराईले देशमा देखिएको राजनीतिक, सामाजिक र आर्थिक जटिलताहरूलाई “अन्तर्विरोधको ज्वालामुखी” को रूपमा चित्रण गर्दै समयमै समाधान नगर्दा दीर्घकालीन संकट बढ्ने चेतावनी दिएका छन् । 

उनका भनाइमा, “संकटग्रस्त राज्य र समाजको सतहभित्र पुटपुटाइरहेको यो बहुआयामिक ज्वालामुखीलाई स्याउलाले छोपेर थाम्ने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन।”भट्टराईले स्थायी समाधानका लागि नयाँन्तनै प्रगतिशील राजनीतिक खाका, समावेशी नेतृत्व र युवापुस्ताको ऊर्जालाई सही दिशामा परिचालन गर्न राज्य–समाज दुवै तयार हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

यस्तो छ  डा. भट्टराईको ध्यानाकर्षण

 १, जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्। 

२, कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस्। 

३, तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्। 

४, निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस्।