शनिवार, २ साउन २०८३
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते करिब ७०–८० जनाको उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । त्यस्तै राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको हो ।