शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धतामा के छ ? (पूर्णपाठसहित)

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममार्फत आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ। कार्यक्रमका क्रममा नेता जनार्दन शर्माले पार्टीको नीति–दिशा र आगामी मार्गचित्र समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरे। ‘नेपाली माटो हाम्रो बाटो’ नारासहित प्रस्तुत गरिएको प्रतिबद्धतामा सुरुआतमै पार्टीले विगतका कमजोरीप्रति आत्मालोचना गर्दै आगामी दिनमा सुधार र शुद्धिकरणतर्फ अग्रसर हुने घोषणा गरेको छ। प्रतिबद्धतामा भनिएको छ— “विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै अब कमजोरी दोहोर्‍याउने छैनौं।”

पार्टीले राजनीतिक, आर्थिक तथा नीतिगत–संस्थागत तहमा व्यापक पुनर्संरचना गर्ने लक्ष्य अगाडि सारेको छ। त्यसका लागि पुनर्जागरण आन्दोलन, भ्रष्टाचारविरुद्ध महाअभियान, तथा प्रविधिको विकास र प्रभावकारी प्रयोग मुख्य कार्यदिशा रहने उल्लेख छ। प्रलोपालाई समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित, मौलिकता बोकेको नेपाली समाजवाद केन्द्रमा राखेर सञ्चालन गरिने पनि स्पष्ट गरिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त ‘समाज विकासको नविनतम् सिद्धान्तअनुरूपको नेपाली समाजवाद’ हुने उल्लेख प्रतिबद्धतामा समेटिएको छ।