शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी प्रदर्शन उग्र : प्रहरीले गोली चलायो,कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

२३ भदौ, काठमाडौं । काठमाण्डौको  नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ भने प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।