शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका सञ्चालकलाई जोगाउन अर्थमन्त्रीलाई प्रभावमा पार्ने खेल सुरु भएको छ । निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा बढी सेयर लगानी रहेका विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएपछि अध्यक्ष शेखर गोल्छा र सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिइसकेका छन् ।
कम्पनीमा भएको अनियमिततामाथि छानबिन सुरु भएपछि राजीनामा दिएर अर्थमन्त्री स्वर्णिम वाग्ले र उनका सल्लाहकार भेटेर गोल्छासहितका व्यवसायीले सेयर विवादलाई सम्पत्ति शुद्धीकरण अभियोगमा जोडेर अनुसन्धान नगर्न दबाब दिइरहेको अर्थ मन्त्रालय उच्चस्रोतको दाबी छ ।व्यवसायीले अर्थमन्त्री भेटेर ‘आफूमाथि अनुसन्धान भए निजी क्षेत्रको लगानी धराशायी हुने, बै ंकहरूले निजी क्षेत्रमा गरेको लगानी डुब्नेलगायत तथ्यांक देखाएर ब्लाकमेलिङ गरिरहेको’ अर्थ मन्त्रालय अधिकारी बताउँछन् । हिमालयन रिइन्स्योरेन्समा भएको अनियमितता ढाकछोप र सञ्चालक समितिको फेरबदल नियमित प्रक्रिया भएको देखाउन हतारहतार अध्यक्ष र रिक्त सञ्चालक समितिसमेत नियुक्त गरिसकिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।