शुक्रबार, २५ ब‌ैशाख २०८३

images

शुक्रबार, २५ ब‌ैशाख २०८३

शुक्रबार, २५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

भट्ट-अग्रवाल व्यावसायिक सञ्जाल : प्रि-आइपिओमा बदमासी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्टर सुलभ अग्रवाल जोडिएका आठवटा इन्स्योरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्स्योन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्नुअघि नै संस्थापक सेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्रि–आइपिओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्रि–आइपिओका नाममा रकम उठाउँदा बदमासी गरेको आशंका विभागको छ। 

विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरणसमेत माग गरेको छ। धितोपत्र बोर्डले बेलाबेलामा यस्तो कारोबार नगर्न सूचना जारी गर्दै आएको भए पनि त्यसलाई बेवास्ता गरेर प्रि–आइपीको नाममा रकम उठाउने चलन छ। अहिले पनि कतिपय सन्दर्भमा कतिपय कम्पनीले प्रि–आइपिओका नाममा रकम उठाउने क्रम रोकिएको छैन।यसरी रकम उठाउँदा सबैले अंकित मूल्यमा सेयर पाउँदैनन्। विभिन्न तहबाट यस्तो सेयर अंकित मूल्यभन्दा बढीमा बिक्री गरिन्छ। यसरी आउने रकम कम्पनीको खातामा नभई बिक्रीकर्ताकै खातामा जम्मा हुने भएकाले ती कम्पनीलाई छानबिनको दायरामा राखिएको हो। छानबिनका लागि ती कम्पनीको संस्थापक सेयर किन्नेको विवरण बुझाउन विभागले सूचना जारी गरिसकेको छ।

विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिद गर्नेको विवरण मागेको छ।यो विषयमा धितोपत्र बोर्डले प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारी सरकारलाई बुझाइसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा गठित अनुसन्धान बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले भट्टको कारोबारबारे प्रारम्भिक प्रतिवेदन तयार पारेका थिए। बोर्डका अर्का कर्मचारी दीपेश ताम्राकारले अग्रवाल र उनका छोरा कृषव अग्रवालको कारोबारबारे छानबिन गरेका थिए। केसी र ताम्राकारले छानबिन प्रतिवेदन बोर्डलाई बुझाइसकेको र त्यही आधारमा विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेका छन्।आजको नागरिक दैनिकमा समाचार छ।