शनिवार, २ साउन २०८३
काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या ९ पुगेकाे छ । ट्रमा सेन्टरमा ६ जना , सिभिल अस्पतालमा १ जना , केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।