सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर अब युएनपिओमा जान्छौं (भिडियो हेर्नुहोस् )

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६
  • न्युज विहानी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुको उल्टै सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको बताएका छन् ।
सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाउदै आएका  नेपालले  यस बिषयमा जेनेभा र चीनमा समेत ग्रेटर नेपालको बिषयमा मुद्दा उठाएका छन् । नेपालको सीमाना टिष्टादेखि काँकडा हुनुपर्ने उनको माग छ ।
अध्यक्ष नेपालले सिके राउत बिरुद्ध नेपालको स(प्रमाण लिएर युएनपिओमा आफुहरु जाने बताए । उनले सिक्किमको  डरलाग्दो उदाहरण दिंदै अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै नरहने रहस्य  खोले  ।

भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको उनले बताए । उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको आरोप थियो । नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दफा १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ तर भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन ।



भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण अहिलेसम्म गरिसकेको छ । ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् तर यो सरकार पनि केहि बोल्दैन उनले भने ।

लव प्याकुरेलले अभियन्ता नेपालसँग गरेको कुराकानी थप भिडियोमा हेर्नुहोस्!