आफ्नो युवती भर्जिन हुन् कि होइनन् भनेर कसरी थाहा पाउन सकिन्छ ? जान्नैपर्ने कुरा !

                               

कुनै पनि युवती भर्जिन हुन् कि होइनन् भनेर कसरी थाहा पाउन सकिन्छ ? भनिन्छ, भर्जिन युवतीले पिसाब फेर्दा आवाजसहित सिधा छिर्का जान्छ भने विवाहित तथा यौनसम्पर्क राखेका युवतीमा त्यस्तो आवाज आउँदैन । के यसमा सत्यता छ ?

यो नि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई यो निद्वार भनिन्छ । यही यो निद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा यो निमा भएको योनिच्छद शारीरिक सम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् । यद्यपि यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन ।

कौमार्यताको कुरा

विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राख्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि अंग्रेजी शब्द खष्चनष्ल प्रयोग गरिन्छ ।

कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । यसलाई विशेष गरी यो नि–लिं ग मैथुनको सन्दर्भमा लिइन्छ । अहिले कस्तो किसिमको यौ न क्रियाकलापलाई सम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिंग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जैविक रूपमा सम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितीमा कौमार्य (-virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर परेको देखिन्छ ।

कौमार्यताको परीक्षण

इतिहासमा विभिन्न स्थानमा विभिन्न विधिमार्फत कौमार्यताको परीक्षण गरिएको पाइन्छ जसमध्ये धेरैजसो केटीमा केन्द्रित छ । कुमारी केटीको पिसाब जहिले पनि निर्मल हुनुपर्ने र धमिलो हुन नहुने मानिन्छ । त्यसैगरी कुमारी केटीको स्तनको मुन्टो माथितिर फर्किएको हुनुपर्ने मान्यता छ । यद्यपि यी कुराको केटीको कौमार्यतासँग कुनै सम्बन्ध हुँदैन ।

माथि भनिएजस्तै सबैभन्दा केन्द्रमा रहेको परीक्षण केटीमा योनिच्छद छ कि छैन लाई नै मानिन्छ । योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद Hymen भनिन्छ । पहिले–पहिलेको जमानामा यो निमा भएको यो निच्छद सम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् । यद्यपि यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कुनै–कुनै केटीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने सम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखे–नराखेको भन्न सकिने स्थिति छैन ।

पुरुषमा त यो कुरा अझ अप्ठ्यारो हुन्छ भन्ने त स्पष्ट नै छ । तैपनि पुरुषको सन्दर्भमा पनि कुमारत्व परीक्षण गर्ने प्रचलन अफ्रिकी आदिवासीमा पाइन्छ । उनीहरूका अनुसार केटामा फनि जथभल जस्तो झिल्ली अग्रचर्ममा हुन्छ । यदि अग्रचर्म सजिलै पछाडि फर्कन्छ भने कुमारत्व नभएको मानिन्छ । अर्को परीक्षणमा केटाको घुँडा कालो छ भने ऊ कुमार नभएको मान्ने प्रचलन पनि छ । जे होस्, यी कुरामा कुनै वैज्ञानिक आधार छैनन् ।

कुमारित्वको नवीकरण

कतिपय सम्प्रदायमा सम्पर्क राखिए पनि परम्परागत रूपमै कौमार्य नवीकरण गर्ने प्रचलन भएको कुरा सुन्न पाइन्छ, तर अहिले कुरा फरक भएका छन् । जो कोही एकपटक यौनसम्पर्कको अनुभव लिइसकेपछि पुनः अनुभवहीनताको स्थितिमा पुग्न सक्दैनन् । बिर्सनुले पनि त्यो स्थितिमा पुगिँदैन । त्यसैले सैद्धान्तिक रूपमा कौमार्यतालाई फर्काउन सकिँदैन, तर अहिले च्यातिसकिएको भए पनि योनिच्छदलाई शल्यक्रिया गरेर फुनर्निर्माण (hymenorrhaphy, हाइमेनोराफी) गरिएको पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।

पिसाबको धारा र कुमारित्व

केटीको पिसाबको निर्मलता एउटा विधि भए पनि पिसाबको धाराको सन्दर्भमा पनि अनेक घारणा पाइन्छ । अक्षतयोनि केटीको पिसावको धारा बच्चाको जस्तै हुनुपर्ने मानिन्छ । विशेष गरेर केटाको सन्दर्भमा यौनसम्पर्कपश्चात केही वीर्य मूत्रनलीमा रहँदा पिसाबको धारा राम्रोसँग नआई छरिएर आउन सक्छ । केटीमा पनि यस्तै केही हुन्छ होला भन्ने सोचले यस्तो अवधारणा आएको हुनसक्छ । यो विषयमा अध्ययन भएको पाइँदैन, तै पनि यसमा कुनै वैज्ञानिक आधार भने छैन । पुरुषमा वीर्य र पिसाब दुवै नै मूत्रनलीबाट बाहिर आउँछन् तर महिलाको योनिभन्दा फरक छुट्टै मूत्रनलीवाट पिसाब आउँछ ।

शारीरिक सम्पर्कका कारणले कुनै संक्रमण भएको सन्दर्भ भने फरक कुरा हो ।

कुमारित्वको सामाजिक निगरानी

विचार गर्नुपर्ने कुरा के भने घर परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ । आफ्नो कसैसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् । कसैले भयादोहन गर्न खोज्यो भने स्थिति कस्तो हुन्छ भनेर पनि विचार गर्नुपर्छ । त्यसैले शारीरिक पक्षमा मात्र ध्यान दिनु बुद्धिमानी हुँदैन ।