सागको ऐतिहासिक उद्घाटन आज : घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६
  • न्युज बिहानी

२० वर्षपछि दक्षिण एसियाली खेलकुद ९साग० आफ्नो जन्मभूमि नेपाल फर्कंदै छ। आइतबार साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ।नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली राष्ट्रहरूको ओलम्पिकका रूपमा हेरिएको सागको यो तेस्रो संस्करण हो। १९८४ मा नेपालबाटै साग खेलकुदको जन्म भएको थियो। त्यस बेला केवल ५ खेल मात्र समावेश गरिएको थियो। नेपालले ४ स्वर्ण, १२ रजत र ८ कांस्य पदक गरी कुल २४ पदकका साथ चौथो स्थानमा बस्दै प्रतियोगिता सकाएको थियो। १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना ग(यो, जुन प्रतियोगिताको आठौं संस्करण थियो। कुल १२ खेल समावेश आठोंै सस्करण नेपालका लागि निकै उपलब्धिमूलक रह्यो। यस पटक नेपालले ३१ स्वर्ण, १० रजत, र २४ कांस्य पदक गरी कुल ६५ पदकका साथ दोस्रो भएको थियो।

त्यसैले घरेलु मैदानमा मंसिर २४ गतेसम्म गरी कुल १० दिन चल्ने १३औं संस्करणको साग खेलकुद नेपाललाई आफ्नो दरिलो उपस्थिति जनाउनुका साथै घरेलु आठांै संस्करणमा पाएको सफलतामा थप सुधार गर्ने सुनौलो अवसर बन्न सक्छ। नेपालले स्वर्ण पदकको आश राखिएको प्याराग्लाइडिङ सहभागी राष्ट्रको संख्या अपुग भएको भन्दै समावेश नहुनु नेपालका लागि दुर्भाग्य बन्यो। त्यस्तै धेरै स्वर्ण आशा गरेको अर्को खेल तेक्वान्दोमा भारतले अन्तिम समयमा गरेको इन्ट्री नेपालका लागि अर्को धक्का बन्न सक्छ।आजको नागरिक दैनिकमा समाचार छ।