रोनाल्डो र मेस्सी इन्स्टाग्रामबाट कति कमाउँछन् ? यस्तो छ आश्चर्यजनक आम्दानी!

  • प्रकाशित मिति : आइतवार, कार्तिक ३, २०७६
  • न्युज बिहानी

पोर्चुगी क्रिस्टियानो रोनाल्डो एवं अर्जेन्टिनी लिओनेल मेस्सी विच को अब्बल भन्ने प्रतिस्पर्धा भावना त् छदै छ यधपी सामाजिक संजालमा हुने फ्लोव र कमाइको लेखाजोखा समेत हुने गरेको छ । क्रिस्टियानो रोनाल्डोले मेस्सीले भन्दा दोब्बर कमाइ इन्स्टाग्राम मार्फत गरेको १२ महिना यताको आकडा सार्वजनिक भएको छ । सार्वजनिक भएको कमाइमा रोनाल्डोको इन्स्टामा कमाइ ३८ मिलियन पौण्ड रहेको पाइएको छ ।

रोनाल्डोको कमाइ ३८ मिलियन हुदा लिओनेल मेस्सी को भने १८ मिलियन साथै डेभिड बेकामको ८.६ मिलियन पौण्ड सार्वजनिक भएको छ । इन्स्टामा रोनाल्डो एक्कलको कमाइ ३८.२ मिलियन पौण्ड रहेको पाइन्छ । रोनाल्डोलाई ३४ सम्झौता इन्स्टाबाट आएको र हरेक मार्फत ७८०,००० पाउण्ड पाएका थिए, जुन १२ महिना यताको रोनाल्डोको इन्स्टा कमाइ हो ।