ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६
  • न्युज विहानी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

एनओसी अध्यक्ष पदका लागि यसपटक पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको उमेदवारी परेको थियो। निर्वाचनमा शनिबार सबै २७ प्रतिनिधिले मतदान गरेका थिए।



जीवनराम श्रेष्ठले निर्वाचनमा १७ मत प्राप्त गर्दा उमेशलालले १० मत पाएका हुन्।

यसअघि चारवर्ष अघि भएको निर्वाचनमा पनि अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला जीवनरामले उमेशलाललाई पराजित गरेका थिए।

यस्तै निर्वाचनमा उपाध्यक्ष पाँच पदका लागि ८ जनाको उमेदवारी परेको थियो। तीमध्ये ज्योती राणा, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ तथा चतुरानन्द राजबैद्य उपाध्यक्षमा निर्वाचिन भएका छन्।

कोषाध्यक्षमा यसअघि नै रतन तुलधार र उपमहासचिवमा पिताम्बर तिमसिना निर्विरोध भइसकेका थिए।

निर्वाचनमा सचिव ३ पदका लागि ४ जनको उमेदवारी परेको थियो। जसमा केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, तुल्सी थापा तथा रामजीबहादुर श्रेष्ठले उमेदवारी दिएका थिए। केशवकुमार विष्ट सचिव पदमा निर्वाचिन हुन सकेनन्।

यस्तै महासचिव एक पदका लागि दुई जनाको उमेदवारी परेको थियो। पुरेन्द्र विक्रम लाखे र निलेन्द्र राज श्रेष्ठ निर्वाचनमा उत्रिएका थिए। निलेन्द्र राज श्रेष्ठले पुरेन्द्रलाई पराजित गरेका हुन्।