नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६
  • न्युज विहानी

काठमाडौं । श्रीलंकामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो। समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो।



त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो। यस समूहबाट श्रीलंका र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ।