अब कैदीबन्दीले कारागार भित्रबाटै अदालतमा भिडियो कन्फरेन्समार्फत बयान दिन पाउने

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६
  • न्युज विहानी

नेपालको सबैभन्दा पुरानो कारागार केन्द्रीय कारागारमा भिडियो कन्फरेन्स हल निर्माण भएको छ । केन्द्रीय कारागारमा भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागार भित्रबाटै अदालतमा भिडियो मार्फत वकिलसमक्ष अब बयान दिन पाउने भएका छन् । यो सेवाले अब कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन सक्नेछन ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा अहिले ३ हजार १२९ कैदीबन्दी छन् । यहाँ केन्द्र, भद्र र महिला जेल गरि तिन ओटा कारागार छन् । केन्द्रमा १ हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक समेत रहेको छ ।



अब यो सेवा केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा उपलब्ध हुनेछ । अहिले यी कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत समेत गरिएको छ भने देशभर रहेका सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने कारागार विभागको योजना समेत रहेको छ ।