प्रचण्ड अचानक किन पुगे धुलिखेल ?

  • प्रकाशित मिति : बिहिबार, पुस ६, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ६ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वुधबार दिउँसो अचानक धुलिखेल पुगेका छन् । काठमाडौंको राष्टिय सभा गृहमा संयुत्तः वाम गठवन्धनले काठमाडौंवाट निर्वाचित प्रतिनिधीसभा तथा प्रदेश सभाका सांसदहरुलाई वधाई तथा सुभकामना दिने कार्यक्रममा सहभागी हुने कार्यतालिका परिवर्तन गरिउनी अचानक धुलिखेल पुगेका थिए ।

प्रचण्ड सचिवालयले विहान ९ वजेतिर अध्यक्ष प्रचण्ड २ वजे राष्टिय सभा गृहको कार्यक्रममा सहभागी हुने सूचना सम्प्रेषण गरेको थियो । तर त्यहाँ प्रचण्ड देखिएनन । उक्त कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रचण्डका तर्फवाट कार्यक्रममा विशिष्ट अतिथीका रुपमा थिए ।



कार्यक्रममा वाम गठवन्धनकै एमालेका शीर्ष नेताहरु केपी ओली, माधव नेपाल, इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य लगायत सहभागी कार्यक्रम छोडेर प्रचण्डलाई धुलिखेल जानु पर्ने के कार्यक्रम आईलाग्यो ?  कार्यक्रम अवधीभर सहभागीहरुका वीचमा चर्चा चल्दै थियो । कार्यक्रमका अन्तिम वब्क्ता प्रमुख अतिथि केपी ओलीले प्रचण्डको धुलिखेल जानु पर्ने महत्वपूर्ण कार्यक्रम रहेकोले आउन नसकेको सन्देश सुनाए ।
तै पनि हलमा गाईगुई चलि नै रहेको थियो ।


काठमाडौंवाट प्रतिनिधीसभाका १० मध्ये ७ क्षेत्रमा एमाले र ३ क्षेत्रमा माओवादी उम्मेदवार चुनाव लडेका थिए । तर त्यसमध्ये माओवादीका तीनै जना उम्मेदवार पराजित भए । कसैले पनि जितेनन । एमालेका भने काठमाडौं ४ का उम्मेदवार डा राजन भटटराई वाहेक अन्य ६ जनाले चुनाव जिते ।
त्यस्तै, काठमाडौंका प्रदेश सभा तर्फका २० क्षेत्र मध्ये एमालेले १८ र माओवादी केन्द्रले २ क्षेत्रमा टिकट लिएको थियो । त्यसमा पनि एमालेको १६ जनाले चुनाव जिते । तर प्रदेश सभामा जम्माजम्मी दुई क्षेत्रमा उम्मेदवारी दिएका माओवादीका उम्मेदवार यहा पनि पराजित भए ।

एमालेका उम्मेदवारहरु केन्द्र र प्रदेश सवैमा जित्दा पनि माओवादीका कुनै उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात काठमाडौंमा माओवादी निल भयो । माओवादी निल हुनुमा एमालेले काठमाडौंमा माओवादी उम्मेदवारलाई मत नदिएको कारण भएको पनि चर्चा चलिनै रहेको छ ।
यही वेला आफना उम्मेदवार जति पराजित हुने र एमालेका जति जित्ने हरुको वधाई तथा सम्मान कार्यक्रम थियो, काठमाडौं को राष्टिय सभा गृहमा । त्यहा दाहालल्े जान चाहेनन ।
उनले त्यही भएर पठाईदिए, नारायणकाजी श्रेष्ठलाई । उनी आफै पनि गोरखा २ वाट पराजित भएका र आफना सवै उम्मेदवार पराजित भएका कारण श्रेष्ठलाई पठाईदिनु उपयुक्त हुने ठानी दाहालले श्रेष्ठलाई कार्यक्रममा पठाए । तर उक्त कार्यक्रममा माओवादीका तर्फवाट निर्वाचन परिचालन समितिका नेता हिमाल शर्मा पनि देखिएनन ।

कार्यक्रममा आउने पूर्व निर्धारित योजना विपरित माओवादी अध्यक्ष दाहाल भने कार्यक्रममा नआई अखिर धुलिखेल किन पुगे त ?

काभ्रेका निर्वाचित जनप्रतिनिधी देखि पार्टी कमिटिलाई नै पत्तो थिएन – प्रचण्डको धुलिखेल यात्रा । तर प्रचण्ड धुलिखेल भर्खरै नया डेरामा सरेका घरवेटीको सुन्तला खेती हेर्न र सुन्तला खान धुलिखेल पुगेका रहेछन् । प्रचण्डका नयाँ घरवेटी शरदा अधिकारीले धुलिखेलमा विगत केही वर्ष यता सुन्तला खेती लगाएका रहेछन् । दाहाललाई उनले फ्रेस वनाउने योजना निकाल्दै घर सरे देखिनै आफनो फार्ममा घुम्न र सुन्तला खान जान आग्रह गरिरहेका रहेछन् ।

त्यसपछि प्रचण्ड आइतबार तिनै घरवेटी अधिकारी र आफनो सुरक्षा निकायसहतिको टोली वोकेर धुलिखेल हान्निए । अधिकारीको सुन्तला फार्ममा एकाध घण्टा घुमेर टन्न् सुन्तला खाएर प्रचण्ड वेलुकी काठमाडौं फर्किएका थिए ।