एमालेबाट १५ जना मन्त्रि बन्ने , को-को छन् हेर्नुहोस् (नामसहित)

  • प्रकाशित मिति : सोमवार, पुस ३, २०७४
  • न्युज विहानी

प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको हो । प्रधानमन्त्रीमा केपि ओली करिव निश्चित भएपनि मन्त्री परिषदका अन्य सदस्यहरु को ? र कस्ता ? आउलान भन्ने प्रश्न सर्वत्र चासो र बहसको रुपमा रहेको छ ।

संविधान अनुसार नयाँ बन्ने सरकारको मन्त्री परिषद जम्मा २५ जनाको हुनेछ । यस वीच आउँदो सरकारमा क–कसलाई समेट्ने भन्ने विषयमा भावि प्रधानमन्त्री ओलीले भित्रि गृहकार्य गरिरहेको बुझीएको छ ।ओलीले यस अघि नै आउँदो सरकारमा क्षमतावान र अनुभविलाई प्राथमिकता दिने बताइसकेकाले मन्त्री बन्नका लागि सांसदहरु भित्री लविङमा लागिरहेका छन् । प्राप्त जानकारी अनुसार अव मन्त्री बन्नेमा ओलीले केही नामहरु करिव टुङग्याएको बुझिएको छ ।



माओवादी सहितको सहभागितामा सरकारले पुर्णता पाउने र एमालेको भागमा करिव १५ मन्त्रालय आउने देखिएकाले सोही अनुसार योग्य र क्षमतावान सांसदहरुको लिस्ट तयार पारिएको श्रोतले बतायो  । एमालेबाट मन्त्री हुनेमा योगेश भट्टराई, घनश्याम भुसाल, पद्मा अर्याल, रामवीर मानन्धर, शेरवहादुर तामाङ, लालबावु पण्डित, यज्ञराज सुनुवार, रविन्द्र अधिकारी, रघुवीर महासेठ, छविलाल विश्कर्मा लगायतको नाम अग्रपंतिमा समेटिएको बुझिएको छ । एमाले सचिव योगेश भट्टराइले सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ  श्रोतले बतायो  ।