कता गयो माओवादीको ३ लाख ४ हजार मत ?

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४
  • न्युज विहानी

२ पुष, काठमाडौं । स्थानीय तहको तुलनामा केन्द्रीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको नतिजा खस्किएको पाइएको छ ।

मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा स्थानीय तहको तुलनामा माओवादीको ३ लाख ४ हजार ३५ मत कम आएको हो ।



माओवादीले स्थानीय निर्वाचनमा १६ लाख ७ हजार ७५८ मत पाएकोमा यो निर्वाचनमा १३ लाख ३ हजार ७२१ मत मात्र पाएको छ ।