मन्त्रिपरिषद् पुनर्गठन : केहीलाई सरप्राइजु, केहीलाई धोका

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६
  • न्युज बिहानी

सांसद वसन्तकुमार नेम्वाङ उपनिर्वाचन प्रचारका सिलसिलामा गृहजिल्ला पाँचथरमा थिए । अरू केही दिन उतै बस्ने योजना बनाएर गएका उनलाई बुधबार राति साढे ८ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन गयो । फोन गर्नेले भने, ‘तपाईं मन्त्री बन्नुभएको छ, भोलि (बिहीबार) बिहान ११ बजे शपथ छ, आउनुहोला ।’नेम्वाङ रातारात त्यहाँबाट हिँडे र बिहीबार बिहानै काठमाडौं आइपुगे । नेम्वाङ मन्त्री बन्दै छन् भन्ने चर्चा नेकपा वृत्तमा भए पनि स्वयं उनलाई भने पटक्कै विश्वास थिएन ।

नेकपाको चुनाव चिह्न सूर्य लिएर नवलपरासी १ बाट विजयी भएका ‘स्वतन्त्र सांसद’ हृदयेश त्रिपाठी पछिल्लो समय नेकपासँग असन्तुष्ट थिए । उनले लामो समयदेखि नेकपाका दुई अध्यक्षसँग आफ्नो भूमिकाबारे कुराकानी गरिरहेका थिए । ‘दुई अध्यक्षसँग छलफल त भइरहेको थियो तर अहिले नै मन्त्री बनिन्छ भन्ने लागेको थिएन,’ राष्ट्रपति कार्यालयबाट सार्वजनिक मन्त्रीहरूको सूचीमा आफ्नोनाम देखेपछि उनले निकटस्थहरूसँग भनेका थिए ।आजको कान्तिपुर दैनिकमा समाचार छ।