नेपालबाट चेतावनी दिंदै सीले भने – ‘नेपाल–चीन सम्बन्धले भारतलाई बाधा पुग्दैन’

  • प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६
  • न्युज बिहानी

चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा नयाँ सन्देश दिएर फर्केका छन् । उनले ऐतिहासिक भ्रमणका क्रममा चीनको कुनै पनि भागलाई विभाजन गर्न प्रयास गर्ने व्यक्तिको हड्डी धुलो बनाइदिने चेतावनी दिएको चिनियाँ सीसीटिभीले उल्लेख गरेको छ ।चीनको विभाजनलाई समर्थन गर्ने र त्यस्तो सोच्ने कुनै पनि बाह्य शक्तिको त्यो सोच भ्रम (पाइप ड्रिमिङ’) मात्रै हुने सीले बताएको चीनको ग्लोबल टाइम्सले जनाएको छ । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा सीले त्यस्तो चेतावनीयुक्त अभिव्यक्ति दिएको चर्चा ग्लोबल टाइम्सले उल्लेख गरेको छ । नेपालबाट उनले सो चेतावनी दिएकोलाई अर्थपूर्ण रूपमा हेरिएको बीबीसीले जनाएको छ ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सीले दुई दिने राजकीय भ्रमण गरेर आइतबार स्वदेश फर्किसकेका छन् । नेपालबाट ‘फ्री तिब्बत’लाई समर्थन हुने सक्ने आशंकामा उनले यस्तो भनेको हुन सक्ने औंल्याइए पनि हङकङमा भइरहेको प्रदर्शनप्रति सो अभिव्यक्ति इंगित भएको हुन सक्ने विश्लेषण गरिएको छ ।उनको भ्रमणका क्रममा फ्री तिब्बतको पक्षमा प्रदर्शन हुन सक्ने आशंकामा नेपाल सरकारले सुरक्षा व्यवस्था निकै बलियो बनाएको थियो । केही व्यक्तिलाई पक्राउसमेत गरिएको थियो । हङकङमा पछिल्लो चार महिनादेखि विरोध प्रदर्शन जारी छ ।नेपाल एक चीन नीतिमा अडिग रहने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता पुनः दोहो¥याएका थिए । दुई पक्षीय सम्झौतामा समेत एक चीन नीतिलाई महŒव दिइएको छ भने नेपालले आफ्नो भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहो¥याएको छ ।



सिचुआन विश्वविद्यालयमा चाइना सेन्टर अफ साउथ एसिया रणनीतिका प्रोफेसर तथा एकेडेमिक सदस्य दाइ योङहोङले ग्लोबल टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘चीनको शीर्ष नेताले तिब्बतको विभाजनको मात्र कुरा गरेका होइनन् । ताइवान र हङकङमा विभाजित गर्न खोज्ने शक्तिलाई समेत चेतावनी दिएका हुन् ।’ उनले नेपाल र चीनका नेताहरूले गरेको टिप्पणीले पश्चिमालाई नेपालको जियोस्ट्याटेजिक महŒवको दुरुपयोग नगर्न कडा चेतावनी दिएकोसमेत औंल्याएका छन् ।दाइले भने, ‘चीनको स्वायत्त क्षेत्र तिब्बत र भारतको बीचमा रहेका नेपालको विशेष जियोस्ट्याटेजिक स्थितिलाई ध्यानमा राखी अमेरिकाको नेतृत्वमा रहेको पश्चिमले नेपालको केही फोर्सलाई सहकार्यका लागि लबिङ गरिरहेका छन् । जसका कारण यूएस इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई समावेश गर्न सकियोस् ।’

नेपालमा हुने चीनको सहयोगले दक्षिण एसियाको समृद्धि र स्थिरतामा सहयोग पुग्ने विज्ञहरूले टिप्पणी गरेका छन् ।चारहार इन्स्ट्च्यिुटका अनुसन्धानकर्ता तथा चीन वेस्ट नर्मल युनिभर्सिटीमा भारतीय अध्ययन केन्द्रका निर्देशक लंग सिङचुले ग्लोबल टाइम्समा भनेका छन्, ‘चीन महŒवपूर्ण विकासकर्ता हो भन्ने कुरा नेपालले बुझेको छ । आफ्नो विकासको पूर्वाधार तथा आर्थिक विकासका लागि चीनले मद्दत गर्दछ भन्ने उसले बुझेको छ ।’उनले नेपाललाई विकास लक्ष्य हासिल गर्न भारतको स्रोतको आवश्यकतासमेत आंैल्याएका छन् । ‘नेपाललाई विकास लक्ष्य हासिल गर्न भारतको स्रोतको आवश्यक छ तर चीनको पनि । बीआरआई परियोजनाहरू नेपालका लागि ऐतिहासिक विकासको अवसर हुनेछ । र, भूपरिवेष्टित देश अब चीनको सहयोगमा विश्वसँग जोडिन सक्छ,’ लंग सिङचुले भनेका छन् ।

उनले नेपालसँगको चीनको राम्रो आर्थिक सम्बन्धले भारतको चासोमा बाधा नपु¥याउने समेत आंैल्याएका छन् । नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन चीनले समेत सहयोग गर्ने लंगले बताए ।आजको राजधानी दैनिकमा समाचार छ ।सन् २०१८ मा चीन र भारतका नेताले तीन देशको विकासलाई बढवा दिन नेपाल, भारत र चीनबीच आर्थिक कोरिडोर स्थापना गर्ने सम्भावनामाथि छलफल गर्न सहमति जनाएका थिए । यसले पनि लंगको भनाइलाई पुष्टि गर्दछ । चीन–भारतको आपसी विश्वासको सुधारले विश्वको दुई गतिशील आर्थिक शक्तिको छिमेकी नेपालले आफ्नो भूराजनीतिको चुनौतीलाई भू–आर्थिक फाइदामा बदल्न सक्ने चिनियाँ विश्लेषकको बुझाइ छ । चिनियाँ विश्लेषकले नेपालले आफ्नो आर्थिक विकासका लागि चीन र भारतका स्रोत साधानको उपयोग मात्र होइन, चीन र भातरबीच समबन्ध सेतुका रूपमा समेत भूमिका निर्वाह गर्न सक्ने विश्लेषण गरेका छन् । नेपाल र चीनले एक अर्काको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय एकताको सम्मान गर्ने सहमतिसमेत गरिएको छ ।