प्यारलाइसिस पुर्व जनमुक्ति सेनाका बिरामीलाई काभ्रे वाइसीएलले गर्यो सहयोग

  • प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६
  • न्युज बिहानी

बिगत लामो समय देखि पक्षघात (प्यारलाइसिस) का कारण जिवनमरणको आवस्थामा रहेका काभ्रे जिल्ला महाभारत गाउँपालिका-६ बन्खु स्थायी घर भए पुर्व जनमुक्ति सेनाका योद्धा भक्त राणा मगरलाई काभ्रे जिल्ला पुर्व वाइसीएलको तर्फबाट केही रकम उपचार खर्च स्वरुप हस्तान्तरण गरेको छ ।

काभ्रे जिल्ला वाइसीएल नेपालका फ्याक्सन इन्चार्ज बिनोद गौतम, पुर्व अध्यक्ष समीर लामा, पुर्व वाइसीएलका केन्द्रीय सदस्य योगेन्द्र लामा लगायतका युवाहरु पुगेर रकम हस्तान्तरण गरेको हो ।जनयुद्धको क्रममा झुरझुरे आक्रमणको बेला टाउकोमा गोली लागेर घाइते भएका मगर एक वर्ष अगाडि एक्कासि पक्षघात भएका थिए ।



शान्तिकाल पछि काठमाडौं तिर सानोतिनो रोजगारी गरेर परिवार समाल्दै आएका भक्त राणा मगर एक्कासि पक्षघातको कारण बिरामी भएपछि उपचारका लागि चरम आर्थिक समस्य देखेपछि काठमाडौं महानगरपालिका- १ नक्सालका नेकपा पार्टी कमिटीले आर्थिक सहयोग जुटाउदैै आइरहेका छन् ।