मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट, भने- तपाईंहरू किन चल्ते चलाते जस्तो ?

  • प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६
  • न्युज बिहानी

प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवस“ग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने ।

प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा मन्त्रालयले गरेका कामको अनलाइन मोनिटरिङ गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा परेका कामको बारेमा मोनिटरिङ गर्दा अधिकांश मन्त्रालयको प्रगतिविवरण सन्तोषजनक नभएको पाइएको छ । गत साउनको पहिलो साता २१ वटै मन्त्रालयले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा दुईमहिने कार्ययोजना प्रधानमन्त्री कार्यालयसमक्ष पेस गरेका थिए । त्यसरी पेस गरिएको कार्ययोजनाअनुसार मन्त्रालयले काम गरे नगरेको बारेमा प्रधानमन्त्री कार्यालयले अनलाइन मोनिटरिङ गर्दै आएको थियो । अनलाइन मोनिटरिङ गर्दा अधिकांश मन्त्रालयको काम सन्तोषजनक नभएको पाइएपछि प्रधानमन्त्री ओली मन्त्री र सचिवस“ग असन्तुष्ट भएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीस“ग र मन्त्रीहरूले सचिवस“ग कार्यसम्पादन सम्झौतासमेत गरेका थिए । तर, सो सम्झौताअनुसार काम नभएको र परिणाम आउन नसकेको भन्दै प्रधानमन्त्रीले थप असन्तुष्टि व्यक्त गरेका छन् ।



अनलाइन मोनिटरिङका क्रममा अधिकांश मन्त्रालयको प्रगति विवरण सन्तोषजनक नभएको पाइएपछि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवले काम गर्न नसक्नुको कारणसमेत माग गरेका छन् । अर्कोपटकको बैठकमा आफ्नो जिम्मेवारीअनुसारको काम नगरेमा त्यसको दोष मन्त्री र सचिवले नै लिनुपर्ने भन्दै प्रधानमन्त्रीले घुमाउरो पारामा चेतावनीसमेत दिए ।प्रधानमन्त्री ओलीले अन्य देशमा मन्त्री सचिव र कर्मचारीले नै काम गरेर विकास हुने तर हामी कहाँ किन विकास हुन नसकेको रु भन्दै मन्त्री र सचिवको कार्यशैलीप्रति प्रश्न उठाए ।प्रधानमन्त्री ओलीले विकासमा समन्वय गर्न नसक्नेले त्यसको दोष आफंैले लिनुपर्ने बताए । अब प्रधानमन्त्री कार्यालयबाट सशक्त अनुगमन हुने र काम नगर्नेहरूमाथि कडा कारबाही गर्ने पद्धतिको विकास गर्नुपर्ने आवश्यकता उनले आंैल्याए ।

बजेट कार्यान्वयनको कामलाई तीव्रता दिन र जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम दिनेगरी काममा जुट्नसमेत मन्त्री र सचिवलाई सजग गराएका छन् ।प्रधानमन्त्री ओलीले समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रधानमन्त्री कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्यप्रगति विवरण पेस गरिएको थियो भने मन्त्रालयका मन्त्री र सचिवहरूले कामको प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।आजको राजधानी दैनिकमा समाचार छ।