रेशम चौधरीले किन पाएनन् प्रमाणपत्र ?

  • प्रकाशित मिति : बुधबार, मंसिर २७, २०७४
  • न्युज विहानी

कैलाली, २७ मंसिर— टीकापुरकाण्डका आरोपी भएपनि चुनाव जितेका रेशम चौधरी प्रमाणपत्र लिनबाट बञ्चित भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

तर निर्वाचन आयोगले चौधरी आफैं प्रमाणपत्र लिन उपस्थित हुनुपर्ने बताएपछि उनलाई नदिइ सो काठमाडौं पठाइएको छ । डडेलधुराबाट निर्वाचित शेरबहादुर देउवा भने प्रमाणपत्र लिन आफैं उपस्थित हुन परेको थिएने । तर चौधरीलाई भने नदिइएको हो ।



दुई दिन भित्र रेशम आफै उपस्थित भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र केन्द्रमा पठाइदिन आदेश दिएअनुसार बुधवार साँझ उक्त प्रमाणपत्र पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए ।