प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

                               

काठमाडौं । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार तीन बजेका लागि निर्धारित केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

दिउँसो तीन बजेका लागि निर्धारित बैठकका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु बालुवाटार पुगेर कुरेको झण्डै डेढ घण्टापछि प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकूलताका कारण बैठक स्थगित गर्ने सूचना जारी गरिएको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक स्थगित मात्रै भएको जानकारी दिएका छन्। पछिल्लो समय पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेको यो तीनपटक हो ।

ओलीले भर्खरै मात्र सिंगापुरमा ९ दिन सम्म उपचार गरेर आफू निको भएको दाबी गरे पनि उनको अस्वस्थताका कारण देखाउँदै बैठक फेरि स्थगित हुन पुगेको छ।