प्रचण्ड चितवन ३ बाट निर्वाचित

  • प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४
  • न्युज विहानी

२५ मंसिर, चितवन । विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।