रामशरण हारेपछि कसका प्रतिक्रिया कस्ता ?

डा महलाई सान्त्वना र साहानुभुति दिने भन्दा खुसीयालीमा रमाउनेकै संख्या वढी

  • प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४
  • न्युज विहानी

नुवाकोट, मंसिर २५ । नेपाली काग्रेसका प्रभावशाली नेता तथा काग्रेसका अर्थशास्त्री डा रामशरण महत यसपटक नुवाकोटवाट पराजित भएका छन् । २०४८ सालमा तात्कालिन अवस्थाको नुवाकोट क्षेत्र नम्वर १ वाट पराजित भएपछि निर्वाचन क्षेत्र सारेर २ मा पुगेका डा महत त्यसयता अहिलेसम्म पराजित भएका थिएनन् ।

२०५१, २०५६, २०६४, २०७० मा गरि २४ वर्षसम्म नुवाकोटको जनप्रतिनिधीका रुपमा चुनाव जित्दै आएका महत पाचौं पटक चुनाव जित्न रणनीतिमा भने असफल भएका हुन् ।



उनले यसपटकको चुनावमा माओवादी केन्द्रका नेता हितवहादुर तामाङसँग ८ हजार ५सय वढी मतान्तरमा पराजयको स्वाद चाख्न पाएका छन् । नुवाकोटमा उनी हारवाटै उदाएका नेतामा गनिन्थ्-, काग्रेसभित्र । यसपटक उनी हारवाटै नुवाकोटवाट अस्ताएका छन् ।

जिल्लावाट निर्वाचित भएपछि नुवाकोटको विकासमा आफुले मात्र योगदान गरेको गुडडी हाक्दै हिडने नेता महतलाई यसपटक जनताले पराजयको स्वाद चखाईदिएका हुन् । तात्कालिन राप्रपा नेता प्रकाशचन्द्र लोहनीले नुवाकोटको विकासमा कोरेको रोडम्यापमा सामान्य मलजल मात्र गरेका महतले आफुले आफैलाई नुवाकोटको विकासका सुत्रधारको रुपमा ब्याख्या गदै आएका थिए ।

तर नुवाकोट वाहिरका जनता जव नुवाकोट पुग्थ्थे, नुवाकोटमा पटक पटक मन्त्री वनेकाहरुले विकासका नाममा केही गरेकै रहेनछन भन्दै नाक खुम्चाउँदै फर्कन्थे । आफुलाई नुवाकोटका अपराजित नेतामा महतले निक्कै ब्याख्या गर्थै । ०६४ को पहिलो संविधानसभामै पराजय नजिक पुगेका महतले त्यसवेला अनेक तिकडमवाजीका विच चुनाव जितेका थिए । तर यसपटक उनको तिकडमले नुवाकोटमा काम गरेन । उनी ०६४ देखिकै चिपरिचित प्रतिस्पर्धी माओवादी नेता हितवहादुरसाग लज्जित हुदै पराजित भए ।

डा महतको पराजयले नुवाकोट काग्रेसलाई ठूलै चोट परेको होला, तर उनी पराजय हुदा रुने भन्दा हारेकोमा खुसी मनाउनेहरु सामाजिक सन्जल फेसवुक र टीइटरहरुमा वढी देखिएका छन् ।

निर्वाचनमा पराजय भएपछि डा महत आफैले टीइटरमा यस्तो लेखे :-
बिगत २३वर्षमा लगातार ४पटकको बिजय पछि यससंसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै बिजयी हित बहादुर तामांगलाई बधाई र सुभकामना दिंछू१मेरा मतदाता,शुभचिन्तक र पार्टी मित्रहरूको सहयोगको लागि धन्यबाद।लोकतांत्रिकबिकास र आर्थिक सम्मुन्नतीको मेरो प्रतिबद्धता निरन्तर रहनेछ।

डा महतको यो टीइटरमा राखेको प्रतिक्रिया पछि उनलाई साहानुभुति दिनेको भन्द्या खरो आलोचना गर्नेहरुकै संख्या वढी देखिएको छ ।

केही प्रतिनिधीपात्रको टिप्पणी :-

पूनम पोखरेल‏ @punm_ooo 22h22 hours ago

More

Replying to @ramsmahat

उत्कृष्ट अर्थमंत्री हैन तपै?कसरी हार्नू भो?जस्तापाता ++ म कंग्रेस समर्थक भै पनि तपै हार्दा आज भोजखान मन लागो।कंग्रेस सकिन्छ।रामनाम जपे भो अब

 

पुरानो डायरी™ ‏ @OmarMalik_khan 21h21 hours ago

More

तपाई ‘जस्ता’ उम्मेदवार ले नै कांग्रेस मा खिया लागेको हो र हाल प्वाल पर्‍यो तै पनि तपाई को टुइट हेर्दा तपाई ‘जस्ता’ लाई कुनै अफ्सोस नभएको प्रष्ट देखिन्छ अहंकार अझै बाकी रहेछ, ग्रीन कार्ड होला उतै जानुस यहाँ काम छैन।

 

Nishchal Dhakal‏ @nishchaldhakal 22h22 hours ago

More

Replying to @ramsmahat

Badhai cha, aba tapai ko ghar aagadi tapai ka chamche party ko gadi bike le hami tol chemeki wala lai hawa tal ko jam ra kichkich bata mukti paune ma aasabadi chu… Harnu bahyo khusi lagyo!

 

SEWAK.COM‏ @nirajaniru 14h14 hours ago

More

Replying to @ramsmahat

बुढा एसो २/४ बटा राम्रो काम गरेको भए जहाँ बाट पनि जित्ने थियौ नि लालबाबु पंण्डित लाई हेर त…?

 

शहीदको रगत‏ @SahidkoRagat 22h22 hours ago

More

Replying to @ramsmahat

Thank you stripping bare the industrial base of the country in the name of liberalism. निजीकरणको नाममा नेपालमा ब्रह्मलुट मच्याउने समय अब चुनाबमा हार संगै सक्कियो भन्ने आशा छ।

 

समय अधिकारी‏ @CrazySamaya 21h21 hours ago

More

Replying to @ramsmahat

सक्रीय राजनीति बाट सन्यास लिए भो अझ तपाईंलाई कर फर्स्योट आयोग गठन गरेर ढुकुटी दोहनमा संलग्न रहेकोमा स्पष्टीकरण लिनुपर्ने।बधाई दिनु भो राम्रो पक्ष

 

डि बि स्वतन्त्र‏ @TB2Dvakw9EtIpDh 19h19 hours ago

More

Replying to @ramsmahat @Bipendraa

सर्बोकृट अर्थमन्त्री भएर नेपाल लाइ दुर्गती मा पुर्याउनु भएको भएर कदर स्वरुप जनताले हराएर सम्मान गर्नु भएका जनता लाई धन्यवाद दिनु होस। दामशहरण

 

mero_profile‏ @subedi_c 15h15 hours ago

More

Replying to @ramsmahat

तपाई ‘जस्ता’ उम्मेदवार ले नै कांग्रेस मा खिया लागेको हो र हाल प्वाल पर्‍यो तै पनि तपाई को टुइट हेर्दा तपाई ‘जस्ता’ लाई कुनै अफ्सोस नभएको प्रष्ट देखिन्छ अहंकार अझै बाकी रहेछ, ग्रीन कार्ड होला उतै जानुस यहाँ काम छैन।

 

Umesh Aryal‏ @umesharyal29 14h14 hours ago

More

Replying to @ramsmahat

डाक्टर साप, तपाईं बरिष्ठ अर्थवीद भएर पनि नेपाल सुहाउदो अर्थ नीति कहिल्यै ल्याउनु भएन सधै बिदेशी पूँजीबादको रटान मात्र गर्नु भो र जसको कारण नै नेपाल आज सुकुलगुण्डे अर्थतन्त्रबाट गुज्रेको छ । तपाईंको पराजय उहिल्यै आवश्यक थियो ।

 

Surya Devkota‏ @syanusurya

FollowFollow @syanusurya

More

Replying to @ramsmahat

तपैले आफुलाइ भावी प्रमको रुपमा उभ्याउनु भो, पैलेनै धेरैपटक अर्थ मन्त्री बनेर नुवाकोटमा धेरै विकास भा रैछ अब प्रम बनेर झन के के गर्नुहोला भनेर सोच्नै भ्याएनछन मतदाताले.. उनिहरु धेरै विकासले तर्सिएछन र अन्तै भोट हालेछन् के…