म्याग्दी प्रतिनिधिसभामा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०७४
  • न्युज बिहानी

म्याग्दी, २२ मंसिर : प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नु भएको छ ।
यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।