ऐतिहासिक दरबारका विरूप कथा

  • प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६
  • न्युज बिहानी

नक्सालस्थित सीता निवास रहेको नक्सालस्थित बालमन्दिरमा एक सय १० बालबालिकाका जीर्ण भवनमा बस्न बाध्य छन्। भूकम्पका कारण जीर्ण भएको यो भवन नवजात शिशुलाई राख्न सकस परेको छ। कतिबेला भत्किने हो भन्ने त्रास छ। ‘जीर्ण भवन कुन बेला के हुने हो थाहा छैन, त्यस्तो भवनमा नवजात शिशु राख्नु भनिरहेको छ’, नेपाल बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठ भन्छन्, ‘चार वर्षदेखि जोखिमपूर्णरूपमा त्यस्तो भवनमा बालबालिका राखिरहेका छौं।’ नवजात शिशु कक्षा कोठामा तापक्रम सन्तुलित नहुँदा बिरामी हुने गरेका उनको भनाइ छ।

‘भुइँचालोपछि बालमन्दिरका नवजात शिशुलाई प्रिफ्याव भवनमा राखिएको छ’, उनले भने, ‘सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्ने जोखिम पनि त्यत्तिकै हुन्छ।’ सरकारले पुनर्निर्माणका लागि नक्सालस्थित बालमन्दिरलाई पहिलो प्राथमिकतामा राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन। बालमन्दिरलाई दिइँदै आएको रकममा यसपटक सरकारले ६० प्रतिशत कटौती गरेकाले झन् मार थपिएको बाल संगठनका सञ्चालक महासचिव श्रेष्ठले बताए। पुनर्निर्माणका लागि तत्काल छाड्न निर्देशन आएपछि अझै कन्तविजोग भएको उनले बताए। ‘अब नाबालक शिशु लिएर कहाँ जाने ? ’, उनले भने। तत्कालीन श्री ३ महाराज भीमशमशेर राणाले कान्छी महारानीका नाममा त्यो दरबार ९सीता निवास० बनाइदिएका हुन्। यही भवनमा ललितकला प्रज्ञा प्रतिष्ठानसमेत छ।आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।