नेपाली सेनामा जागिर खाने हो ? भर्ना खुल्यो

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४
  • न्युज विहानी

काठमाडौं, ४ पुस— के तपाई सेना बन्ने योजनामा हुनुहुन्छ ? छ भने नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट पदमा समावेशी तथा खुल्ला प्रतिष्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको वेभसाइटबाट अनलाइन फाराम भरी सोको प्रिन्टआउटसहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्नुपर्ने सेनाको भर्ना छनोट निर्देशनालयले निकालेको सूचनामा उल्लेख छ ।
दरखास्त मिति आजदेखि माघ ३ गतेसम्मको लागि तोकिएको छ भने दोब्बर दस्तुर तिरेर थप एक साताभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्