तीन जिल्लामा जनता आवासका २५२ घर निर्माण

  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६
  • न्युज बिहानी

विपन्न दलित तथा सिमान्तकृत समुदायको लागि सरकारले संचालन गरेको ‘जनता आवास’ कार्यक्रम अन्तर्गत धौलागिरीका तीन जिल्लामा २५२ घर निर्माण गरिएको छ ।साविक धौलागिरीको बागलुङ, म्याग्दी र मुस्ताङ्गमा आर्थिक वर्ष २०७३र०७४ देखि हालसम्म उक्त संख्यामा घर निर्माण गरिएको हो । भवन डिजिन कार्यालय बागलुङका अनुसार बागलुङमा १५३, म्याग्दीमा ११४ र मुस्ताङ्गमा ३ घरको निर्माण कार्य सकिएर अन्तिम किस्ता भुक्तानी गरिएको छ ।

घर निर्माणको अन्तिम किस्ता पाउन घर तथा शौचालय निर्माण गर्नु छ । बागलुङ र म्याग्दीमा २०७३ सालदेखि जनता आवास कार्यक्रम संचालन भए पनि मुस्ताङ्गमा भने आर्थिक वर्ष २०७४ देखि सुरु भएको भवन डिभिजन कार्यालय बागलुङका प्रमुख तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए । बागलुङमा आर्थिक वर्ष आर्थिक वर्ष ०७४÷०७५ मा १०९ घर छनौट भएका थिए ।



जसमध्ये १०३ परिवारले सम्झौता गरेका थिए । म्याग्दीमा एक सय घर छनौट भएकोमा ९४ जनाले निर्माणको लागि सम्झौता गरेका थिए । बागलुङमा ३२, म्याग्दीमा ५४ र मुस्ताङ्गमा ४२ घर निर्माणधिन अवस्थामा रहेकाको कार्यालय प्रमुख पौडेलको भनाई छ ।आजको राजधानी दैनिकमा समाचार छ।