दुई किलो चरेशसहित विमानस्थलबाट रसियाली नागरिक पक्राउ

  • प्रकाशित मिति : शनिबार, पुस १, २०७४
  • न्युज विहानी

काठमाडौँ, १ पुस -नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।



प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो ।