बर्सेनि दुर्घटना बढेको बढ्यै : पाँच वर्षमा ११,७२४ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६
  • न्युज बिहानी

मंसिर ११ गते दिउँसो १ बजे लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल। बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब २५० मिटर खस्यो। दुर्घटनामा १७ यात्रुको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भयो। १८ यात्रु घाइते भए।

प्रहरीले बस घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान गर्‍यो।मंसिर १५ गते। बिरामी बाँच्ने आसमा थिए। एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउन तीव्र गतिमा हुइँकिइरहेको थियो। तर, मध्यरात १२ः२० बजे एम्बुलेन्स ट्रकसँग ठोक्कियो।



सुनसरी कोसी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा सातजनाको घटनास्थलमै ज्यान गयो। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ हुइँकिरहेको १च९३६४ नम्बरको एम्बुलेन्स र वीरगन्जबाट पूर्वतर्फ गुडिरहेको ना२ख ९०८२ नम्बरको ट्रक ठोक्किएपछि एम्बुलेन्समा रहेका सबैको मृत्यु भयो।आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।