अर्घाखाँची बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६
  • न्युज बिहानी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा अहिलेसम्म मर्नेको संख्या १७ पुगेको छ । दुर्घटनामा बसका चालकसहित १७ को मृत्यु भएको हो । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको भने सनाखत हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारको लागि खटिएको बताईएको छ । लु २ ख २१४८ नम्बरको बस बस सड्कबाट करिब ५ सय मिटर तल खसेको  छ ।