काल बन्दै सवारी दुर्घटना : प्रत्येक दिन ५ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६
  • न्युज बिहानी

चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्। सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएको देखिन्छ। त्यस्तै दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन्। यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन्। यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्।

यस अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ ९गण्डकी० मा ५९, प्रदेश ६ ९कर्णाली० मा ३४ जना र प्रदेश ७ ९सुदूरपश्चिम० मा २५ जनाले ज्यान गुमाएका छन्।आजको नागरिक दैनिकमा समाचार छ ।