शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

वाणिज्य बैंकहरुले गरे असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक

लक्ष्मी सनराइज बैंक र स्ट्याडर्ड चार्टर्ड बैंकले ब्याजदर सामान्य बढाएका छन्। 

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार ९ वाणिज्य बैंकहरुले भदौ महिनाको ब्याजदरलाई यथावत राखेका छन् भने  ९ वाणिज्य बैंकहरुले  ब्याजदर घटाएका छन् । दुईवटा बैंकले भने ब्याजदर सामान्य बढाएका छन्।   लक्ष्मी सनराइज बैंक र स्ट्याडर्ड चार्टर्ड बैंकले ब्याजदर सामान्य बढाएका छन्। 

२० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ  ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ ।

भदौ महिनामा व्यक्तिगत तर्फ ५ दशमलव ५८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत ब्याजदर असोज महिनामा ५ दशमलव ७० प्रतिशत कायम हुन आएको छ। त्यस्तै, संस्थागत तर्फ मुद्दती खातामा वाणिज्य बैंकहरुको औषत ब्याजदर भदौ महिनामा ४ दशमलव ०२ प्रतिशत रहेकोमा असोज महिनामा ० दशमलव १० प्रतिशत घटेर ३ दशमलव ९३ प्रतिशत कायम हुन आएको छ।  

कुन बैंकको ब्याजदर कत्ति