शुक्रबार, ४ बैशाख २०८३
रुपन्देही। आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देही–२ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलले मतदाताबाट ठूलो उत्साह र समर्थन प्राप्त भएको दाबी गर्दै आफू विजयी हुने दृढ विश्वास व्यक्त गरेका छन्। पौडेलले मतदाताबाट अभूतपूर्व उत्साहजनक समर्थन प्राप्त भएको बताएका छन्। रुपन्देही–२ क्षेत्र भित्र जारी चुनावी सभाहरु, घरदैलो कार्यक्रम र जनसम्पर्कका क्रममा पौडेलले मतदातासँगको संवाद अत्यन्त सकारात्मक रहेको बताए।
राजनीतिक समीकरणमा यस क्षेत्र निकै प्रतिस्पर्धात्मक मानिन्छ जहाँ एमालेका अनुभवशाली नेता विष्णुप्रसाद पौडेललगायत अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। तर यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवारले आफ्नो समर्थन प्रत्यक्षतर्फ कांग्रेसका चुन्न प्रसाद पौडेललाई गर्ने निर्णय गरेपछी उनको जित निस्चित बनेको छ भने कांग्रेसतर्फको मतदातालाई थप उत्साहित बनाएको छ । पौडेलले भने- “यो क्षेत्रमा जोश र सकारात्मक ऊर्जा देखेर म अति प्रेरित छु।
मतदाताबाट उत्साहजनक साथ पाएको छु र विश्वासका साथ भन्छु -हामी अवश्य जित्ने छौँ।” पौडेल कांग्रेसका समाजसेवी एवम् उद्योगी उम्मेदवार हुन्, जसले यस क्षेत्रका युवा, महिलाहरू र व्यवसायी समुदायबीच सक्रिय रूपमा घरदैलो, सभा र जनसम्पर्क कार्यक्रम चलाउँदै आएका छन्। यस क्रममा उनले रोजगारी सिर्जना, आधारभूत पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवा सुधार जस्ता मुद्दामा समर्थन मागेका छन्। पौडेलले प्रमुख चुनावी एजेन्डाका रूपमा रोजगारी सिर्जना, आधारभूत पूर्वाधार निर्माण, कृषि विकास, युवाहरूका लागि सीपमूलक तालिम तथा स्थानीय उद्योग प्रवर्द्धनलाई अगाडि सारेका छन्।
उनले भने-“रुपन्देही–२ का बासिन्दाका अपेक्षा र आवश्यकता मलाई राम्ररी थाहा छ - शिक्षा, स्वास्थ्य, यातायात र कृषि सुधार नै यस क्षेत्रको मूल आधार हो। मैले यी सबैलाई प्राथमिकतामा राखेर काम गर्ने वाचा गरेको हुँ।”चुनावी मैदानमा प्रतिद्वन्द्वीहरुबीच कडा प्रतिस्पर्धा रहेको छ। राप्रपाले आफ्नो तुलनात्मक मत विभाजनलाई मध्यनजर गर्दै कांग्रेसका पौडेललाई समर्थन गरेको घोषणा गरिसकेको छ, जसले वैकल्पिक पार्टि मतहरुलाई एकीकृत गर्ने सम्भावना बढाएको छ।
फागुन २१ गते हुने निर्वाचनमा जनताले निर्णायक मत दिनेछन् र रुपन्देही–२ बाट कांग्रेसका पौडेलले आफ्नो विजय लक्ष्य पुरा गर्ने दाबी गरिएको छ । यस क्षेत्रको मतदाता हेभिवेट बुझिने र अन्तिम नतिजा नजिकबाट हेर्नुपर्ने भएकाले पौडेलको उत्साहजनक समर्थनलाई निर्णायक औंला ठानिएको छ । निर्वाचनमा रुपन्देही–२ बाट विजयी बन्ने लक्ष्यसहित कांग्रेसका पौडेलले स्थानीय विकास र समृद्धि योजनाहरूलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।