सोमबार, २१ बैशाख २०८३
काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ । कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् । उनीहरु बानेश्वर चोक जाने प्रयासमा छन् भने माइतीघर मण्डलातर्फबाट प्रदर्शनकारीको एउटा टोली नयाँबानेश्वर चोकतर्फ आइरहेको छ ।