शुक्रबार, ४ बैशाख २०८३
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो । संस्थापन समूहले दुई महामन्त्री र एक सहमामन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको हो । संस्थापनपक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाहा मनसुरलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पाँच वर्ष निष्कासनको घोषणा गरेको थियो । अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयन गर्नेछ ।