मङ्गलबार, ५ साउन २०८३

images

मङ्गलबार, ५ साउन २०८३

मङ्गलबार, ५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता

बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

काठमाडौं : सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटी औल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ । चाउचाउ उत्पादन क्रममा सिमित ब्याचमा सामान्य त्रुटी भएको विभागले औल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो ।

विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2D, २०८३.०१.११, वाइवाइ  फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१४, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2,C,२०८३.०१.२८ र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१३ मा त्रुटी औल्याएको थियो । विभागले त्रुटी औल्याउनासाथ सीजी फुड्सले यि ब्याचका उत्पादन बजारबाट फिर्ता लिएको हो ।

‘हामीले गुण नियन्त्रण विभागद्वारा गुणस्तरमा सामान्य त्रुटी औल्याइएका ब्याचहरू बजारबाट तत्कालै फिर्ता लिने निर्णय गरिसकेका छौँ । बजारमा रहेका हाम्रा उत्पादनहरू गुणस्तर सुनिश्चित गरिएका छन् ।’, सीजी फुड्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साढे चार दशकदेखि सीजी फ्‌ड्सका उत्पादनहरु उच्च गुणस्तरका कारण उपभोक्ताका सर्वप्रिय ब्राण्ड बनेका हुन् । हामी उपभोक्ताप्रति अत्यन्तै जिम्मेवार छौँ र साना तिना त्रुटीहरुमा पनि विल्कुलै कम्प्रमाईज गर्दैनौँ ।’

सीजी फुड्सले यो त्रुटी बर्दियास्थित प्लान्टबाट उत्पादित एवं सोही सिमित एरियामा वितरित वस्तुहरुमा मात्रै रहेको र यसलाई तत्कालै निराकरण गरिएको पनि स्पष्ट पारेको छ । यस बाहेक नेपालका अन्य कुनै पनि क्षेत्रका बजारमा समस्या नरहेको र नियोजित रुपमा फैलाउन सकिने भ्रममा विल्कुलै नपर्नुहुन पनि सीजी फुड्सले आफ्‌ना उपभोक्तासमक्ष अपिल गरेका छ ।