शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

मन्त्री पदबाट राजिनामा दिनुभएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताउनुभएको छ । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताउनुभयो ।
 
“इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ”, घिसिङले भन्नुभयो, “सरकारको उपस्थिति कागजमा सीमित रहेन, मैदानमै देखियो । प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जनअपेक्षाअनुसारका काम भए ।”घिसिङले आफूले लिएको राजीनामाको निर्णय माग्ने तथा जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो भन्नुभयो । “पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताकोपक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु”, उहाँले भन्नुभयो ।

 
घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको स्पष्ट पार्नुभयो । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि आफूले आजसम्म कुनै राजनीतिक पार्टीका सदस्यता लिएको उहाँको भनाइ छ ।राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले राजीनामापश्चात् सो पदमा आफ्नो मान्छेलाई नियुक्त गर्न दबाब दिएको भन्ने विषय भ्रामक भएको बताउनुभयो ।