शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नियोसियाद्वारा अदालतको आदेश मान्न अटेर

काठमाडौं । नियोसियाले अदालतको आदेश मान्न अटेर गरेको पाइएको छ। केवाईसी उत्पादन कम्पनीबाट उत्पादित केवाईसीको नक्कली भर्जन नियोसिया/स्टार भी ईभी विक्री गर्दै आएको एम्बर मोटर्स प्रालि र ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ ले बजारमा गाडिहरु विक्री गर्दै आएको पाइएको हो।

‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ लाई अदालतले उक्त केवाईसीको नक्कली भर्जन नियोसिया विक्री नगर्न आदेश जारी गरेपछि ति संचालकहरुले ‘एम्बर मोटर्स प्रालि’  नामक कम्पनी खडा गरी अदालतको आदेशलाई धज्जी उडाउँदै केवाईसीको नक्कली भर्जन पुन: विक्री गर्दै आइरहेको खुलासा भएको थियो। सो क्रम अझै नरोकिएको स्रोतको दाबी छ।

कानुनी विशेषज्ञहरूका अनुसार, यस्तो कार्य न्यायिक आदेशको गम्भीर उल्लङ्घन हो। “अदालतको स्पष्ट आदेशपछि पनि बजारमा त्यस्ता गाडी उपलब्ध तथा विक्रीवितरण हुनु सरासर अदालतको अपहेलना गर्नु हो,” एक कानुनविद्ले भने । केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले समेत केवाइसीको नाम परिवर्तन गरी नियोसिया राखेको पुष्टि गरिसकेको छ । गाडीको मोडेल, बनावट र फिचर्स उही रहेर नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन्।