सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु, १४ जना घाइते

६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको  छ । मृतकहरु  बनगाड कुपिण्डे नगरपालिका - ८ का रहेका छन् । मृतकहरुमा  ३० वर्षीय मनबहादुर थापा,५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको थियो ।  जिपमा १८ जना सवार थिए । तीमध्ये १४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरेर  सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको थियो । ८ जनाको नर्सिङ होममा, दुई जनाको न्युरो अस्पतालमा र अन्यलाई उपचारका लागि बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।