मङ्गलबार, ५ साउन २०८३

images

मङ्गलबार, ५ साउन २०८३

मङ्गलबार, ५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

संसद्मा प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर : सीमा समस्यासम्बन्धी जवाफ विवादमा

विगतमा जस्तो पूर्वनिर्धारित प्रश्नोत्तर ढाँचाभन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा सांसदहरूसँग ‘सरप्राइज’ सवाल–जवाफ गरेका छन् । प्रत्यक्ष र पूर्वतयारीविनाको उक्त संवादले प्रारम्भमा संसद्मा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल–भारत सीमा समस्यासम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादित बनेको छ । एमाले सांसद पद्मा अर्याल र श्रम संस्कृतिका आरेन राईले भारतसँगको सीमा विवादको प्रश्न उठान गरेका थिए । अर्यालको प्रश्नमा सहज उत्तर दिए पनि राईको प्रश्नको जवाफ दिँदा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ अनपेक्षित र विवादित जवाफ दिए । जसको राजनीतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन् ।

प्रश्नोत्तरका क्रममा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरिसकिएको, तर नेपाल, भारत र चीनको त्रिपक्षीय सरोकारको भूमिमा आज नेपाललाई बेवास्ता गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ, यस सम्बन्धमा सरकारले के गरिरहेको छ भनेर प्रश्न सोधिन् । जवाफमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाफ पनि आएको बताए । 

त्यो जवाफमा दुइटै सरकारले आफ्ना इतिहासविद्हरू, सर्भेयरहरू र भूमिसम्बन्धी जानकारी भएका व्यक्ति राखेर समाधान गर्ने कुरा भएको बताए । ‘यससम्बन्धी हामीले भारत र चीनलाई मात्र नभएर इंग्ल्यान्ड (बेलायत) सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दादेखिको समस्या हाम्रोमा भइरहेको हुँदा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सबै कुरा टेबल टक भएर डिप्लोमेटिक हिसाबले समाधान हुने कुरा हो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।